भक्त के सी
खबरब्रेकिंग, काठमाडौं २०७९ फागुन १९ गते । २० गतेको आन्दोलन भनेको देश बचाऊ अभियान हो । दुर्गा प्रसाईको देश बचाऊ अभियान देश हो हाम्रो पहिचान। जुटौं सारा सचेत शिक्षित युवा चलाऊँ देश बचाऊ अभियान। हाम्रो आवश्यकता र विभिन्न देशको अनुभवलाई आत्मसात गर्दै कुरिती, अन्धविश्वास र कुसंस्कारलाई हटाएर देशको विकासको बाटो नागरिक संरक्षण समाजको अगुवाइमा अभियान सुरु भएको छ । दुर्गा प्रसाई देश बचाऊ अभियान देशव्यापी अभियानमा जाने बताएक छन् । राष्ट्र बचाऊ अभियान देश बचाऊ’भन्दै प्रदर्शन सुरु भएको छ ।
आन्दोलनल ससक्त हुनुपर्छ नागरिकको कर्तव्यका सन्दर्भमा नेपालको संविधानको धारा ४८ मा देहायका ४ बटा कर्तव्यहरु उल्लेख गरिएको छ:- १. राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु, २. संविधान र कानूनको पालना गर्नु ३. राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु, ४. सार्वजनिक सम्पतिको सुरक्षा र संरक्षण गर्नु । यसका साथै, सक्षम प्रतिनिधि छनोटका लागि मतदानमा भाग लिनु, आफ्नो अधिकारप्रति जागरूक र कर्तव्यप्रति क्रियाशील हुनु, राष्ट्रिय झण्डा, चिन्ह, राष्ट्रिय गान र विभूतिहरूप्रति सम्मान व्यक्त गर्नु, कानून बमोजिम राज्यलाई कर तिर्नु, राज्यलाई सकारात्मक र रचनात्मक सहयोग गर्नु, लोकतान्त्रित्रक मूल्य मान्यताको सम्मान गर्नु आदि।
बृहत् नागरिक आन्दोलनल किसान, पेशागत प्राविधिक, पत्रकार , नेता कार्यकर्ता , वकिल , इञ्जिनिएर , डाक्टर, नर्स, स्वास्थ्यकर्मी ,कर्मचारी , ब्यापारी, उद्योगी, विद्यार्थी, शिक्षक, साना ठुला राष्ट्र प्रेमी नागरिक नेपाली जनताको अधिकारकोलागी जुटौ साझा माग शाझा अभियान छ । माग यस प्रकार छन् ।
१) राष्ट्रलाई सेतो हात्ती भएको संघियता खारेज गर्नुपर्ने ।
२) सबै धर्मलाई सम्मान गर्दै बैदिक सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्यो
३) २०४७ सालको सम्बिधान लागु गर्नु पर्ने ।
४) बैंक ब्याज ६% भन्दा माथि हुनु भएँन ।
५) नेपाल मै उच्च शिक्षाक लागि विश्वविद्यालय खोल्नु पर्यो ।
६) बन्ध गरिएका उधोग कल कारखाना पुन संचालनमा ल्याउन पर्यो ।
७) बेरोजगार युवालाई ऋण बिना ब्याज उपलब्ध गराउनु पर्यो ।
८) नेपाली नागरिकले दोहोरो नागरिकता लिन पाउनु पर्यो ।
भन्दै फाल्गुण २० गतेबाट हुने शान्ति पूर्ण अदोलनमा सरिक भएर माग पुरा गर्न दबाब दिऊ । नागरिक बचाऊ अभियानको लागि सहकार्य गरौ । साझा एजेण्डामा सहकार्य समृद्धीका लागि हामि सबैका साझा संकल्प अनिवार्य छ । सबै दलका आ-आफ्नै स्वार्थ, छन् साझा एजेण्डा नबन्दासम्म भएन सडकमा निस्की सहकार्यको आवाज बुलन्द गर्नु पर्ने बेला आएको छ । आर्थिक पुनःउत्थान तथा औद्योगिक विकासको साझा एजेण्डामा निजी क्षेत्रका संस्थाहरूले संस्थागत सहकार्य र कार्यगत एकता गर्दै राष्ट्र निर्माणको एजेण्डामा कार्यगत एकता गर्दै आर्थिक विकास र समृद्धिका लागि साझा एजेण्डामा अगाडी बढ्नुपर्नेमा जोड दिदै दुर्गा प्रसाईले अगुवाइ गर्नु भएको छ । सवै आग्रह पूर्वाग्रह त्यागेर साझा एजेण्डामा वैकल्पिक शक्तिबीच निर्माण गर्नु पर्छ । आजको माग हो । आर्थिक पुनःउत्थान तथा औद्योगिक विकास, महत्वपुर्ण विषयमा सहकार्य ,औद्योगिक विकास, साझा मुद्दामा सहकार्य गरेर नै अगाडि बढनु पर्छ ।हामी सबैले परिवर्तनको अनुभव गरेर समयको अनुभूति गर्छौं, तर यसले समयलाई पछ्याउँदैन जुन परिवर्तनको समान कुरा हो । लामो समयसम्म सबै कुरा उस्तै रह्यो भने जीवन एकदमै सुस्त र नीरास हुनेछ। कुनै पनि कुरामा चाँडै बोर महसुस गर्नु र नयाँ र रोमाञ्चक कुराको माग गर्नु मानव स्वभाव हो। आफ्नो मन परिवर्तन गर्न र केहि फरक तरिकामा व्यवहार गर्न को लागी यो अक्सर समय को आवश्यकता हो। यो परिवर्तनको लागि समय हो!: चीजहरू परिवर्तन हुनुपर्छ, अब परिवर्तन हुनुपर्छ! परिवर्तन बिना, हामीले समय बितेको मापन गर्न सकेनौं। परिवर्तनले नवप्रवर्तनलाई प्रोत्साहन गर्छ, सीपहरू विकास गर्छ, कर्मचारीहरूलाई विकास गर्छ र राम्रो व्यापारका अवसरहरूतर्फ लैजान्छ, र कर्मचारीहरूको मनोबल सुधार्छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend