सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

व्यवसायीले उठाएका विषयमा राज्यले ध्यान नदिएको व्यवसायीहरुको गुनासो

व्यवसायीले उठाएका विषयमा राज्यले ध्यान नदिएको व्यवसायीहरुको गुनासो

  • शुक्रबार, १९ फाल्गुन २०७९

खबरब्रेकिंग, काठमाडौं २०७९ फागुन १९ गते । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठले देशको समृद्धिका लागि सबैको हातेमालोबाट सम्भव रहेको बताएका छन । शुक्रबार खिचापोखरी न्युरोड व्यापार संघलेको ८ औँ अधिवेशन तथा १५ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताएका हुन ।

व्यवसायीका समस्या समाधानका लागि सरकार निरन्तर रुपमा लागि रहेको श्रेष्ठले बताए । अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ अघि बढाउनका लागि सरकारले गुणात्मक हस्तक्षेप गर्ने उनले बताए ।कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले व्यवसायीहरुको समस्या समाधानका लागि राज्यले ध्यान दिनु पर्ने बताए । व्यवसायीहरु हात्महत्या गर्ने अवस्थामा पुग्दा पनि राज्यले ध्यान दिन नसकेको उनको आरोप थियो ।

त्यस्तै नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले पनि व्यवसायीहरु मर्कामा परेको भन्दै त्यस तर्फ राज्यले ध्यान दिनु पर्ने धारणा व्यक्त गरे । आफूहरु अहिले आन्दोलनमा रहेको भन्दै राज्यले बैंकको ब्याजदर एकल विन्दुमा कायम गर्नु पर्ने उनको भनाइ थियो ।

राष्ट्र बैंक र अर्थमन्त्रालयका व्यक्तिहरुले व्यवसायीको कुरा नसुनेको उनको गुनासो थियो । ‘राष्ट्र बैंकका गभर्नरको कान थुनिएको, अर्थमन्त्रीको कान थुनिएको भन्ने सुनेको छु, पत्रकार साथिहरुले उहाँहरुको कानसम्म यो कुरा पु¥याइ दिनु होला,’ उनले भने । व्यवसायीलाई आत्महत्या गर्नका लागि बाध्य बनाइएको भन्दै यो अवस्थाका लागि सरकार जिम्मेवार रहेको भन्दै यसमा ध्यान दिन उनले आग्रह गरे ।

त्यस्तै नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले अर्थतन्त्र चलायमान बनाउने व्यवसायीलाई राज्यले उपेक्षा गरेको धारणा व्यक्त गरे । व्यवसायीले उठाएका विषयमा राज्यले ध्यान नदिएको भन्दै यसको परिणाम गम्भिर हुने उनले चेतावनी दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend