खबरब्रेकिंग, काठमाडौं २०७९ फागुन १८ गते । नेकपा एमालेका युवा नेता राम प्रसाद रिजालले मुलुकको दोस्रो शक्ति नेकपा एमालेलाई सरकार देखि बाहिर राखेर राष्ट्रिय सहमती कायम हुन नसक्ने बताएका छन । प्रधानमन्त्री पुष्पकमल दाहालले पुष १० मा एमाले संग गरेको भद्र सहमती कार्यान्वयन नगरेकोले एमाले सरकारबाट बाहिरिएको र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको रिजालले बताए । प्रधानमन्त्री दाहालका कारण देश राजनीतिक अस्थिरतामा फसेको र अझै फस्ने रिजालको भनाई छ । मुलुक प्रति चिन्ता नहुनेहरु जे पनि गर्छन र उनीहरुका बारे धेरै बोल्न आबश्यकता नभएको उनले बताए । एमालेले अघि सारेको बिकास र समृद्धि को नारा मन नपराउनेहरु एमालेलाई रोक्न चाहेको उनको भनाई छ । अब एमालेले प्रमुख प्रतिपक्षको भूमिका खेल्ने र जनताका समस्या संसदबाटै बुलन्द गर्ने उनले बताए । एमालेलाई चारैतिरबाट घेरा हाल्न खोजे पनि एमाले नसकिने अझ बढी शक्तिशाली बन्दै जाने उनले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend