सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

पेट्रोलियम पदार्थको मूल्य तत्काल नबढ्ने

पेट्रोलियम पदार्थको मूल्य तत्काल नबढ्ने

खबरब्रेकिंग, काठमाण्डौ २०७९ फागुन १७ गते । नेपाल आयल निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य नबढ्ने जनाएको छ। भारतबाट आएको नयाँ मूल्य सूचीअनुसार, डिजेल, मट्टितेल, पेट्रोल र हवाई इन्धनको मूल्य केही घटेर आएको भए पनि खाना पकाउने एलपी ग्यासको मूल्य ३३९ रुपैयाँ बढेर आएको छ। तथापि, उपभोक्ताको हितलाई ध्यानमा राखेर पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ।

भारतबाट हरेक १५ दिनमा नयाँ मूल्य सूची आउने गरेको छ। नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। बुधबार आएको नयाँ मूल्य सूचीअनुसार, पेट्रोलमा एक रुपैयाँ २१ पैसा, डिजेलमा पाँच रुपैयाँ, मट्टितेलमा तीन रुपैयाँ ४० पैसा र हवाई इन्धनमा सात रुपैयाँ घटेर आएको छ। त्यस्तै, एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ३३९ रुपैयाँ बढेर आएको छ। पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा केही नाफा भए पनि एलपी ग्यासमा ६३५ रुपैयाँ ५० पैसा घाटा रहेको निगमले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend