मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

मेडिकल व्यवसायी दुर्गा प्रसाईले गरे ११ बुँदे मागसहित आन्दोलनको घोषणा

मेडिकल व्यवसायी दुर्गा प्रसाईले गरे ११ बुँदे मागसहित आन्दोलनको घोषणा

खबरब्रेकिंग, काठमाडौं, २०७९ फागुन १६ गते । मेडिकल व्यवसायी दुर्गा प्रसाईले ११ बुँदे मागसहित आन्दोलनको घोषणा गरेका छन । मङ्गलवार राजधानीमा पत्रकार सम्मेलन गरेर उनले आन्दोलनको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको मागमा वैदिक सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने, गणतन्त्रको अन्त गरी राजसंस्थासहितको सन् १९९० को संविधान लागू गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने मुख्य छन् । रोचक त यो छ कि उनले निजामती कर्मचारी र तल्लो तहका सुरक्षाकर्मीहरुको तलब सुविधा कम्तिमा पनि डेढ लाख हुने ग्यारेन्टी गर्नुपर्ने माग उल्लेख गरेका छन् ।

सम्पूर्ण सरकारका मातहतमा रहेका संघ संस्थाहरुको पुँजी बैंकमा राख्दा सुन्य प्रतिशत ब्याजमा राखिनुपर्ने, सरकारले एफ डि खाता खोल्न नपाउने विषय पनि समावेश छन् ।

प्रसाईले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियान नाम दिएर नेपालको पूर्वी जिल्ला झापाबाट अभियानको सुरुवात गरेका थिए । अभियानको सुरुमै पूर्व राजा ज्ञानेन्द्र शाहसहित पूर्वराजपरिवारका सदस्य मञ्चमै देखिएका थिए ।

राजसंस्थाको अन्तपछि पहिलोपटक फागुन १ मा पूर्वराजा शाह झापामा एउटा राजनीतिक मञ्चमै देखिएका थिए । उक्त कार्यक्रमको संयोजन व्यवसायी दुर्गा प्रसाईंले गरेका थिए । ६ फागुनको राति प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा पूर्व राजा शाहले विज्ञप्ति निकालेर दलहरुलाई राजसंस्थासँग सहमति गरेर राजन आग्रह गरेका थिए ।

देशमा पछिल्लो समय हिन्दुराष्ट्र पक्षधरहरु सक्रिय हुँदै गएका छन् । कतिपयले यो मुद्दासँगै राजसंस्थालाई समेत पुनः स्थापना गर्ने एजेण्डा बढाएका छन् । संसदमा आरपीपीबाहेक कुनै पनि दल राजसंस्थाको पक्षमा छैनन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend