मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

बैंकको ब्याज घट्नुपर्ने माग गर्दै आन्दोलन

बैंकको ब्याज घट्नुपर्ने माग गर्दै आन्दोलन

डडेलधुरा, २०७९ फागुन १६ गते । डडेलधुराका व्यापारीहरुले बैंक तथा वित्तीय संस्थाहरुको ब्याज घटाउनुपर्ने माग अघि सारेका छन् । उनीहरुले बैंकको ब्याज चर्को रहेको उल्लेख गर्दै सदरमुकाममा ब्याजदरविरुद्ध आन्दोलन गरेका छन् ।

आज डडेलधुरा सदरमुकामको बजार बन्द गरेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् । बजारका सबै पसल बन्द गरिएको छ । बैंकको चर्को ब्याजदर र नेपाल राष्ट्र बैंकको अव्यवहारिक नीतिविरुद्ध पहिलो चरणमा शान्तिपूर्ण आन्दोलन गरिएको जानकारी दिएका छन् । डडेलधुरा उद्योग वाणिज्य संघको अगुवाइमा आन्दोलन भएको हो ।

आन्दोलकारीहरुले ब्याजदर घटाउनुपर्ने, ऋणको किस्ता र ब्याज तिर्ने समय बढाउनुपर्ने माग अघि सारेका छन् । उनीहरुले भोलि र पर्सि पसल बन्द गरेर स्थानीय बैंक अगाडि धर्ना दिने कार्यक्रम राखेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend