मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा डीआर उपाध्यायलाई दीर्घ साधाना सम्मान

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा डीआर उपाध्यायलाई दीर्घ साधाना सम्मान

काठमाडौं २०७९ फागुन १६ गते । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा डीआर उपाध्यायलाई दीर्घ साधाना सम्मान अर्पण गरिएको छ । डा उपाध्यायलाई सोमबार राजधानीको चाबहिलस्थित चलचित्र विकास बोर्डमा भएको दोस्रो नाट्यश्वर म्युजिक अवार्डमा दीर्घ साधाना सम्मानले विभूषित गरिएको हो । उहाँलाई अवार्ड समारोहका प्रमुख अतिथि सांसद तथा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलका साथै अन्य अतिथिले दोसल्ला, फूलमाला र दीर्घ साधाना सम्मान पत्रका साथै नगद ५१ हजार एक सय एघार रुपैयाँसहित सम्मान अर्पण गर्नुभएको थियो ।

‘नाट्यश्वर भगवान हामी सबै कलाकारको शान, कलाकार र कलाकारिताको जग्रेना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सो अवार्ड समारोहमा गीतसंगीत, पत्रकारिता र समाजका विविध क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई समेत सम्मान गरिएको थियो ।

अवार्डमा विसं २०७७ असारदेखि ०७९ असार मसान्तसम्मका गीतबाट आवेदन दिएका गीतमध्ये उत्कृष्ट पाँचबाट सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिएको कार्यक्रम निर्देशक किरण अधिकारीले बताउनुभयो । गीतसंगीतसहित विशेष प्रस्तुतिका साथ सम्पन्न भएको अवार्ड समारोहमा विभिन्न ६४ विधामा अवार्ड प्रदान गरिएको थियो ।

गीतसंगीत तथा विविध विधामा १३२ विश्व कीर्तिमान राख्नुभएका डा।उपाध्यायका ३६ एल्बमका सयौं गीत श्रोतारदर्शकमाझ आएका छन् । यस्तै, उहाँका ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायां’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’, ‘कसुर’ ‘कफी लभ’ र ‘मझधार’ जस्ता १५ उपन्यास पाठकमाझ आएका छन् ।
साभार हिमालयटाईम्स

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend