मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

एमालेको ‘मिसन ग्रासरूट’मा ‘हिन्दुराष्ट्र’को प्रस्ताव

एमालेको ‘मिसन ग्रासरूट’मा ‘हिन्दुराष्ट्र’को प्रस्ताव

खबरब्रेकिंग, काठमाडौं २०७९ फागुन ११ गते । मिसन ग्रासरुट’ अभियानलाई सफल बनाउन आयोजित मकवानपुर जिल्ला कमिटी बैठक नेकपा (एमाले) स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । केन्द्रीय, प्रदेश, जिल्ला र पालिका कमिटीका नेताहरु समेतको सहभागिता रहने अभियान बैशाख ६ गते समापन हुनेछ । अभियानले जनताको घरदैलोसम्म पुगेर सदस्यता नवीकरण, वितरण र पार्टी कमिटीलाई सुचारु बनाउने निर्णय बैठकले गरेको छ ।

बैठकमा हिन्दुराष्ट्र कायम, नेपाललाई शान्तिक्षेत्र बनाउने प्रस्ताव अगाडि बढाउन, समानुपातिक र आरक्षण वर्गीय आधारमा गर्न, पञ्चायतकालदेखि लाभको पदमा रहेका नेता र अन्यको सम्पत्ति छानबिन, एमालेको शत्रु र मित्र एकिन गरी तत्कालीन कार्यनीति प्रष्ट हुन छलफलका लागि प्रस्ताव पेश गरिएको छ ।

केन्द्रीय बन तथा वातावरण विभाग सदस्य, मकवानपुर जिल्ला कमिटी सचिवालय सदस्य, प्रचार विभाग प्रमुख एवम् प्रगतिशील पेशागत् कानुन व्यवसायी एसोसिएसन केन्द्रीय सदस्य ध्रुवप्रसाद चौलागाईंले नेपालको भावी राजनीति यी कुराहरुमा केन्द्रित रही अगाडि बढ्ने भएकाले यी कुराहरुमा प्रष्ट हुनु आवश्यक रहेको पार्टी जिल्ला कमिटी बैठकमा प्रस्तावका रुपमा पेश गर्दै उक्त प्रस्तावहरु पार्टी जिल्ला कमिटी र केन्द्रबाट अभियानमा खटिएका अभियानकर्तामार्फत् केन्द्रीय कमिटीमा छलफल गरी निष्कर्ष निकाल्न माग गरेका छ्न । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend