भक्त के सी
खबरब्रेकिंग, काठमाडौं, २०७९ फागुन १० गते । नेपालमा , याहा स्थिर केही छैन, सबै परिवर्तनशिल छ । समय परिवर्तनशिल छ । परिवर्तन संसारको नियम हो । यहाँ सबैकुरा बद्लिन्छ । यसैले सुख-दुःख व्यक्ति, विचार- सबै बदलिइ रहन्छन् । विश्व नै परिवर्तनशिल नियममा आधारित छ । समय परिवर्तनशिल छ, समयसँगै सबै परिवर्तन भएर जान्छन् ।पछिल्लो राजनीतिक परिवर्तनशिल अवस्था सम्पूर्ण प्रारम्भिक मात्रै हो ।राजनीतिक परिवर्तन तब हुन्छ जब नागरिकको आदर्श र मूल्य र वर्तमान सरकारको मूल्यमान्यता र आदर्श बीचको सम्बन्ध विच्छेद हुन्छ।
राजनीति भनेको समूहमा बसेर निर्णय गर्ने तरिका हो। राजनीति भनेको मानिसहरू बीचमा सम्झौताहरू गर्नु हो ताकि तिनीहरू जनजाति, सहर वा देशहरू जस्ता समूहहरूमा सँगै बस्न सकून्। ठूला समूहहरूमा, जस्तै देशहरूमा, केही व्यक्तिहरूले त्यस्ता सम्झौताहरू गर्न आफ्नो धेरै समय खर्च गर्न सक्छन्।जब दुव्र्यवहार र हडतालको लामो रेल, सधैं एउटै उद्देश्यको पछि लाग्दै डिजाइनको प्रमाण दिन्छ, परिवर्तन यो जनताको कर्तव्य हो,परिवर्तन यस्तो सरकारलाई हटाउनु, र नागरिकको भविष्यको सुरक्षाको लागि नयाँ अबसर उपलब्ध गराउनु हो, परिवर्तन बेरोजगारी र विकास जस्ता आर्थिक मुद्दाहरू राजनीतिमा प्रभाव पार्ने मुख्य मुद्दा हुन्।राष्ट्रिय र अन्तर्राष्ट्रिय सुरक्षा चिन्ताहरू, पश्चिमीहरू, परम्परागत रूपमा, परिवर्तनशील इतिहासमा यति अभ्यस्त छन् कि उनीहरूले यस्तो परिबर्तन निरन्तरतालाई स्थिरताको रूपमा ठान्छन्।राजनीतिक परिवर्तन तब हुन्छ जब देशको सरकार वा नेताले राष्ट्रका समस्याको सम्बोधन र प्लानिङ गर्न सक्दैन । राजनीतिक दृष्टिकोणबाट हेर्ने हो भने नेपालले अनुसन्धानलाई ध्यानमा राखेको अवधिमा सरकार परिवर्तन भएका छन् ।राजनीतिको परिवर्तनशील प्रकृतिलाई दिईयो, नेपालमा राजनीतिज्ञको लागि आदर्श पत्नी भएका छन् । यो बुझ्नको लागि हामीले धेरै तरल र परिवर्तनशील राजनीतिक व्यवस्था र सन्तुलनको भूमिकालाई हेर्नुपर्ने हुन्छ ।सामान्य रूपमा विकास, र विशेष रूपमा विकास सहायता, सुरुमा बजार असफलताहरू समाधान गर्ने प्रयासमा चासो नहुनु , पूर्वाधार – पुल, बाँध, बिजुली, सडक सिंचाई ,रोपवे जंगल जडिबुटी को लागि सोच विकास हुनुपर्यो । परिवर्तनशिल युवाहरुको लागि रोजगार र स्वरोजगार ब्यबस्था र सरकारबाट ऋण अनुदान दीर्घकालीन योजना र बजार व्यवस्थापन हुनु पर्छ । सरकार जनताप्रति वफादार हुनु पर्यो । नेता पारदर्शी हुनु पर्यो अनुदान र सरकारी सहयोग बारेमा जानकारी गर्नु गराउनु पर्यो , मल बिऊ बिजनको समयमा बितरण र कृषकलाई जानकारी गाराउनु पर्यो । भ्रष्टाचार भनेको निजी लाभका लागि सुम्पिएको शक्ति र निर्वाचित अधिकारको दुरुपयोग हो। राजनीतिज्ञ र सरकारी अधिकारीहरू जसले घूस लिने र आम नागरिकको खर्चमा निजी रूपमा आफैंलाई धनी बनाउँछन् भन्ने बारेमा राष्ट्र ब्यापी गुनासो सुनिन्छ।वर्तमान नेतृत्वप्रतिको बढ्दो असन्तुष्टिबाट मुक्ति पाउन सामाजिक परिवर्तनले समाजको राजनीतिक वा आर्थिक सन्दर्भमा हुने परिवर्तनहरूलाई जनाउँछ जसले बहुसंख्यक जनसङ्ख्यालाई प्रभाव पार्छ, नीतिहरूले मार्गदर्शन, स्थिरता, जवाफदेहिता, दक्षता, र संगठन कसरी सञ्चालन गर्नु पर्छ भन्ने बुजिंछ ।
नेपालको बिग्रिदो राजनीति , विश्व बजारको आर्थिक मन्दिमा पनि नेपालको बिग्रिदो आर्थिक तथा राजनीतिक अबस्था देशको बिग्रिदो अवस्थालाई सुधार गर्न सबै दलसँग सहकार्य गरेर जानुको विकल्प छैन ।नेपालका राजनीतिक नेताको अदूरदर्शिताका कारण महत्वपूर्ण योजनाहरु ठप्पपारे , नागरिकको परिवार, समाज या राष्ट्रमा आउने जुनसुकै समस्याको उचित व्यवस्थापन पनि राजनीति नै हो। राजनीति गर्ने युवामध्ये कतिपयले आफू सम्बद्ध पेसा ब्यबसायमा प्रश्न गर्न थाल्य , ‘कसरी नेता बन्ने?
राजनीति व्यवस्था त्यस्तो व्यवस्था हो जसले देशको शिक्षाको अवस्था समेत निर्धारित गर्ने गर्छ । आज राजनीति र नेतृत्वप्रति जुन दृष्टिकोण छ, त्यसलाई बदल्न सक्षम युवापुस्ताले नेतृत्व लिन जरुरी छ, जसले युवालाई राजनीतिमा संलग्न हुन अभिप्रेरित गरोस् ।राजनीतिमा युवापुस्ता किन आउन सकिरहेका छैनन् ? राजनीतिमा लहैलहैमा लागेर जाने युवाको संख्या उल्लेख्य भए पनि राजनीति बुझेर नै योगदान गर्न संलग्न हुनेको संख्या भने निकै कम छ ।हालको राजनीति गुन्डागर्दी, अपराधीकरण, भ्रष्टाचारउन्मुख भएकाले आमनागरिकको राजनीतिप्रतिको दृष्टिकोण त्यति राम्रो छैन । राजनीति गर्न ज्यान बाजी थापेर खुकुरी बोकेर राजनीति किन गर्ने ? केका लागि गर्ने ? ‘सबै नेता भ्रष्ट हुन्, केही गर्न सक्दैनन्’ भन्ने बुझाइले पनि धेरै युवामा निराशा छाएको छ ।राजनीतिप्रति हाम्रो दृष्टिकोण सकारात्मक किन छैन ? नेताकै नजरमा नेता किन सम्मानित छैन ?आफूभन्दा क्षमता नभएको, नेतृत्व कुशलता नभएको, चाकरी गरेर नेता बनेका मानिसलाई नेता मानेर एउटा निष्ठावान् युवा कसरी राजनीति गर्न सक्छ ? त्यसैले आज एउटा युवा बरु गैरराजनीतिक अभियानमा संलग्न हुन तयार छ ।राजनीतिलाई कमाइखाने भाँडो बनाउने होइन, आफ्नो खुट्टामा उभिन सक्ने युवा नेतृत्व देशले खोजिरहेको छ । यसर्थ, दलीय संरचना, नीति तथा कार्यक्रमले नै युवालाई राजनीतिप्रति आकर्षण गराउन जरुरी छ । आज राजनीति र नेतृत्वप्रति जुन दृष्टिकोण छ, त्यसलाई बदल्न एउटा पूरै सक्षम युवापुस्ताले नेतृत्व लिन जरुरी छ ।अब पनि युवालाई अनुभवहीन भनेर पन्छाउने हो भने हामी र हाम्रो राजनीति अघि बढ्न सक्दैन । कुनै पनि संगठनको मेरुदण्ड त्यो संगठनको दोस्रो पुस्ताको नेतृत्व हो । संगठन मजबुत बनाउने हो भने दोस्रो तहको नेतृत्व अझ सक्षम हुन जरुरी छ ।अबका युवा ; युवा हालको राजनीति को चरित्र हिनता र नेपाल को उन्नति हुने मा बिस्वस्थ हुनु पर्छ । युवा त हिजो पनि थिए आज पनि छन् , जस्तै YCL थिए , नेपाली बिद्यार्थी संग थिए , अखिल नेपाल थिए , मण्डले थिए , को को थिएनन् तर , के नेपाल को र नेपाली जनता को अवस्था परिवर्तन भयो ? भएँन खेलाडीहरुले फुटबल बनाए युवा जगतले बुजेन । बुद्धिमान युबाले गफलाई कहिल्यै विश्वास गर्दैन,विकास योजना हेर्छ । आर्थिक कार्यक्रम हेर्छ । मद्दत र दाताहरू हेर्छ । कानून र व्यवस्था बुज्ने छन् । परियोजना र प्रणाली ज्ञान लिने छन् विशेषज्ञको मद्दत लिने छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend