सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

हे ! नेपाली जनता हो, अब त तिम्रा घैटामा घाम लाग्नु पर्ने होइन र ?

हे ! नेपाली जनता हो, अब त तिम्रा घैटामा घाम लाग्नु पर्ने होइन र ?

बिष्णु प्रसाद शर्मा,
खबरब्रेकिंग, काठमाडौं, २०७९ फागुन ९ गते । राष्ट्रले प्रतिपादन गर्ने सिद्धान्त लागु गर्ने कानुन मुलुकमा रहने सबैलाई बरावरी हुनु पर्दछ । उच्च पदस्थ पदाधिकारी अनि निर्धन जनतामा फरक फरक गर्नु पच्छेपाती हो र यसले राष्ट्रमा दिगो शासन ब्यवस्था स्थापना हुनैं सक्दैन । अपांङ्ग, दीर्घरोगी, सवालङ्गलाई राष्ट्रले ब्यवस्थापन गर्ने र सुविधा दिने काम गर्दछ भने त्यो उसको दायित्व हो । राष्ट्रमा रहेका सबै जनता कानुनका नजरमा समान हुने गर्दछन । न्यायकर्ताले इक्विरीको मर्मलाई सदैव ख्याल गर्नै पर्दछ । महानगरको नियम अनुसार चल्दा उसले राष्ट्रपति होस् वा हुइलचेयरमा बसेर ब्यापार गर्ने हो एकै देख्दछ । महानगरले तोकेको स्थल र निषेध गरेको क्षेत्रको मर्म र कर्मको सबैले ख्याल गर्ने गर्दछ । के राष्ट्रपतिले राष्ट्रपतिको निवासमा बसेर ब्यापार ब्यवसाय गर्न सकिन्छ ? त्यस्तै हुइलचेयरमा बसेर निषेधित क्षेत्रमा बसेर ब्यापार वा ब्यवसाय गर्न पाइन्छ ? पाइन्छ भने सवालङ्गले किन नपाउने भन्ने प्रश्न उठछ । अपराधी अपराधी नै हो । अनैतिक राज्यसत्ता कब्जाका निमित्त मानिस मार्न पाउने अधिकार बिश्वको कुन कुन मुलुकहरुमा छ ? छैन भने १७ हजार भन्दा धेरै जनताको निर्मम हत्या गरेर मुलुकमा आतंकको राजनीति गर्नेलाई देशको प्रधानमन्त्री बनाउने अधिकार कसलाई थियो र नेपालमा यो भै राखेको छ । आतंकको जन्जालमा फसेको ब्यक्तिहरु राज्यसत्ता कव्जा गरेर मस्ति गरिरहेको अबस्थामा पनि नेपाली जनता बिभाजित भै समर्थनमा सहभागी भइरहेको अबस्था छ र त्यो सत्यलाई बुझेर पछि लागेका जनता पनि दण्डित हुन शक्छन । इक्विटी नभए पछि अस्तब्यस्त हुने नै भयो । राष्ट्रका सबै निकायहरु निकम्वा सावित भएको लामै समय भइसकेको छ । दलहरुका हलिहरु दक्षिण र पश्चिमको पुन्की थाप्न परचक्रीहरुलाई मुलुक भित्रयाएर बैरी फिरंगीहरुको खैजेडीको तालमा मादल र तवला बजाउँदै मस्त छन । मुलुक आर्थिक मन्दीका कारण निदाउँदै गएको छ र मठ मन्दिरका घण्टको रालो मात्र होइन, पुनः निर्माणका नाउँमा मन्दिर भित्रका महत्वपूर्ण सामग्रीहरु छोपीदै, ढाकिदै, राष्ट्रकै झण्डाको दुरुपयोगका साथ बिदेशीदै गएका छन । हे नेपाली जनता हो अब त तिम्रा घैटामा घाम लाग्नु पर्ने होइन र ? समान न्याय , बिष्तृत तथा सामान्य अर्थमा न्याय, औचित्य र मानिस मानिसका बीच अधिबन्धन, न्यायिक सहा नैतिक हुन्छ । महानगरले जुन जुन स्थानको महत्वलाई ख्याल गरेर जनमानस भिड हुने भएकै कारण त्यो स्थानमा खुल्ला राख्न ठहर गर्दछ भने त्यो ठाउँमा कसैले पनि कुनै किसिमका ब्यापार ब्यवसाय गर्न पाउँदैन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend