सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

दूधको मूल्य प्रतिलिटर दश रूपैयाँका दरले बढाउन उद्योगीहरूले गरे प्रस्ताव

दूधको मूल्य प्रतिलिटर दश रूपैयाँका दरले बढाउन उद्योगीहरूले गरे प्रस्ताव

खबरब्रेकिंग ,काठमाडौँ २०७९ फागुन ८ गते । दूधको मूल्य प्रतिलिटर दश रूपैयाँका दरले बढाउन उद्योगीहरूले प्रस्ताव गरेका छन्। दूध उत्पादनको लागत बढेको भन्दै उद्योगीले दूधको मूल्य बढाउन प्रस्ताव गरेका हुन्।

राष्ट्रिय दुग्ध विकास बोर्डले दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ र केन्द्रीय दुग्ध सहकारी संघको समन्वयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई प्रस्ताव गरेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताए। उनका अनुसार संघले मूल्य लागत अध्ययन प्रतिवेदन तयार गरेर मन्त्रालयलाई पेश गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend