सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

बिजुली बजारमा मञ्जरी डिजिटल रेकर्डिङ स्टुडियो सञ्चालनमा

बिजुली बजारमा मञ्जरी डिजिटल रेकर्डिङ स्टुडियो सञ्चालनमा

खबरब्रेकिंग, काठमाडौं २०७९ फागुन ८ गते । नयाँ बानेश्वर स्थीत विजुली बाजारमा अत्याधुनिक प्रविधीका साथ मञ्जरी डिजिटल रेकर्डिङ स्टुडियो सञ्चालनमा ल्याइएको छ। मोतिराज खनाल , चुमान काउछा मगर , मिना न्यौपाने , रवमान बस्नेत , तेजबहादुर सिन्धुली ,भुमी थापा मगर सहितको समुहले नयाँ जोस र नयाँ प्रविधिका साथ सञ्चालनमा ल्याएका छन् ।

कार्यक्रममा राष्ट्रीय जन सांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष प्रेमनाथ अधिकारीको साथै विभिन्न कलाकार , गायक, सर्जक, संगितकार , राजनीतिज्ञ एवं सञ्चरकर्मीको उपस्थिती थियो । प्रमुख अतिथीको आथित्यता गरेका प्रेमनाथ अधिकारीले स्टुडियो सञ्चालकहरुलाई, दर्जनौँ रेकर्डिङ स्टुडियो विचमा मञ्जरीले प्रतिस्पर्धा गर्दै सांगितीक क्षेत्रमा नयाँ आयाम ल्याउनुपर्ने धारणा समेत राखेका थिए ।

अधिकारीले स्टुडियोको उद्घाटन गर्दै पुरानो एउटा गित समेत गाएर सबैलाई मनोरञ्जन समेत दिलाएका थिए ।सञ्चालक मोतीराज खनालले सबैको सहयोग र सदभावको खाचो सदैव रहने र मञ्जरी डिजिटल रेकर्डिङ स्टुडियो संगितीक क्षेत्रमा छुट्टै मञ्जरी निर्माण गर्ने प्रतिवद्धता समेत जनाएका थिए । गायक, सर्जक तथा संगितकर्मीहरुको सदैव मायाको खाँचो रहेको समेत बताएका थिए । मोती खनालको अध्यक्षतातामा कार्यक्रम समापन भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend