काठमाडौं २०७९्र फागुन ६ गते । मिडिया स्पेस सोलुसन्स प्रालि। र युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले संयुक्त रुपमा आयोजना गर्दै आइरहेको नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल हाउजिङ एण्ड इनभेसटमेन्ट एक्स्पो, नेपाल हेभी एक्युपमेन्ट एण्ड कन्सट्रकसन एक्स्पो फागुन ११ गतेदेखि हुने भएको छ।
११, १२, १३ र १४ गते काठमाडौंको भृकृटीमण्डप एक्सपो आयोजना हुने भएको हो। प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ख्यातिप्राप्त ब्राण्डहरूका २ सयभन्दा बढी स्टल रहने जनाइएको छ।
निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले निर्माण व्यावसायसँग सम्बन्धित उत्पादनबारे जानकारी गराइनेछ। यस क्षेत्र मा आउने नयाँ–नयाँ प्रविधिबारे पनि जानकारी गराइने आयोजकले जनाएको छ।
प्रदर्शनीमा निर्माण सामग्री, निर्माण मेसिनरी, निर्माण उपकरण, आवास कम्पनीहरू, अपार्टमेन्ट कम्पनीहरू, प्रि–याब संरचनाहरू, यूपीभीसी झ्याल ढोका उत्पादन गर्ने मेसिनरी, यूपीभीसी प्रोफाइल, आर्किटेक्चरल हार्डवेयर, बाथरूम फिटिङ्स, पाइपहरू, टाइल र सेनेटरी वेयर, पावर औजारहरू, कंक्रिट ब्लक मेसिनरी उत्पादकहरू, मटेरियल ह्यान्डलिङ उपकरणहरू, एल्युमिनियम कम्पोजिट प्यानलहरू आदिको उल्लेखनीय सहभागिता रहने जनाइएको छ।
प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ तथा नेपाल क्रसर तथा खानी उद्योग महासंघ रहनेछ।
प्रदर्शनीले नेपालमा भइरहेको समग्र निर्माण क्षेत्रको विकास, पुननिर्माण तथा आधुनिकीकरण मा टेवा पुर्याउने विश्वास राखिएको छ। प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरिकबाहेक निर्माण क्षेत्रमा काम गरिरहेका दिग्गज आर्किटेक्ट, इन्जिनियर, कन्ट्रयाक्टरस, विल्डरस तथा इन्टिरेयर डिजाइनरहरूको पनि सहभागिता रहने जनाइएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend