भक्त के सी
दुर्गा प्रसाई सञ्चालक समितिमा हुनुहुन्छ र B&C मेडिकल कलेज र अस्पतालका मालिक हुनुहुन्छ। उहाँ नेपालको सबैभन्दा ठूलो राजनीतिक दल नेकपा एमाले (नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी र लेनिनवाद) का सदस्य पनि हुनुहुन्छ। प्रसाईको जन्म धनी व्यापारी परिवारमा भएको थियो । असम्भव ; भनेको काम पूरा गरेरर देखाए, अनि इष्र्या र डाहले जलन भएकाहरुले दुर्गा प्रसाईलाई माफियाको आरोप लगाउन बाँकी राखेनन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नै घरमा आमन्त्रण गरेर जब कम्युनिस्ट एकताको बारेमा सहमत गराएँ, अनि विखण्डन र विभाजनमा रमाउनेहरुले नेपालीका प्यारा नेताहरुलाई जोडेर उनलाई मार्सी भने । मुख्य नारा शिक्षा, स्वास्थ्य, रोजगार र राजनीति दुर्गा प्रसाईको विचारमा सामाजिक सेवा र समृद्धिका मुहान हुन् । दुर्गा प्रसाई को विरोध भए पनि दुर्गा प्रसाईं एमालेको केन्द्रीय सदस्य. नेकपा (एमाले) छन् । झापाली ‘कमरेड’ दुर्गा प्रसाई नेपालको समस्याको आवाज बनेका छन् । दुर्गा प्रसाईले बैंकको चर्को ब्याजदर, देशको अर्थतन्त्रलाई आफ्नो कब्जामा राख्ने ब्यापारीक घरानाहरु र भ्रष्ट नेताहरुको कारण यो मुलुकमा गरिखाने बाताबरण नै छैन र मध्यम स्तरको ब्यापारीहरुले आत्महत्या गर्नुपर्ने दिन आउदैछ भनेर त बारम्बार भनिरहेका छन् , आखिर उनले सहि नै भनेका रहेछन्। यो मुलुकलाई केही ब्यापारिक घरानाहरु र भ्रष्टाचारी नेताहरुले पुरै खतम बनाईसकेका छन् जसको कारण प्रेम आचार्य जस्ता स्वदेशमै केही गर्छु भन्ने युबाहरु आत्महत्याको बाटो रोज्न बाध्य भए ।
दुर्गा प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहलाई मञ्चमा राखेर आफ्नो नयाँ अभियान सुरू गरेका छन्। काँकडभिट्टाको बिशाल आमसभा देख्दा बिगत को जनआन्दोल याद आउछ । बुद्धि जिबिहरु सही समयमा सही ठाउँमा भएको र भएको छ भनेको सुनिन्छ । प्रसाई झापामा निकै लोकप्रीय समाजसेवीका रुपमा परिचित छन् । अझ उनले पछिल्लो समय वैदेशिक रोजगारीमा रहँदा विभिन्न आरोपमा जेल जीवन बिताइरहेका नेपालीहरुको उद्धार गरेपछि लोकप्रियता बढेको छ ।

मृत्यु भएका नेपाली को लास दुबई र कतारको सरकारसंग बर्तालाब गरी नेपाल ल्याउन योग्य नागरिक दुर्गा प्रसाई युएईका राजकुमारलाई भेटे झापामा पर्यटन विकासको लागि १० अर्ब लगानी गर्ने घोषणा गरेको बुजिन्छ । केही समय अगाडि दुबईका अधिराजकुमार जुमा अल मकतुमले झापा लगायत नेपालका विभिन्न ठाउँको अवलोकन भ्रमण गरी स्वदेश फर्किए लगतै युएई दूतावासको टोली तुरन्तै झापा पुगेको थियो ।सही कुरा, उहाँले के भन्नुभयो उहाँले गर्नुभयो । बिदेशमा रहेका नेपालीहरुको बिश्वासको पात्र बनेका दुर्गा प्रसाईले राजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहलाई मञ्चमा राखेर आफ्नो नयाँ अभियान सुरू गरेका छन्। नागरिक बचाउ महाअभियान सुरू गरेका छन् प्रसाईंले संघीयता खारेजी, वैदिक सनातन राज्य घोषणा तथा व्यवसायीक वातावरणको माग गर्दै ‘नागरिक बचाऊ महाअभियान’ सुरू गरेकाले लोकप्रिय बनेका छन् ।आटिला जोसिला उधमी समाजसेबी दुर्गा प्रसाई ले बोलेको पुरागरेको पाइन्छ । जनहित जनसेवा देख्ने गरि आजसम्म कुनै राजनीतिक नेताले गरेनन नेपाल सरकार विदेशमा रहेका नेपाली दूतावास देखाउने दाँतमात्र छन । नेपाली को लागि नेपाली हिम्मातले लडिन्छ तदातले के हुन्छ ? भन्ने कुराको पुस्टि भयो । स्वार्थी नेताले देश बदल्न सक्दैनन दुर्गा प्रसाई जी हिम्मत गर्नुहोस् तपाइलाई जनताको साथ छ , तपाइको रुचि भगवानले पुरा गर्नुहुन्छ । नेपालको कम्युनिस्ट पार्टीमा अहिले गालीगलौजको मसला धेरै प्रयोग गरिएको छ । फुट त परम्परानै हो । नेपालमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र प्रगति त्यही बिन्दुबाट कांग्रेस कम्युनिस्ट स्खलितभएका छन् ।आज देशमा जतिपनि राजनीतिक खिचातानी, दबाब, गुट, उपगुट र प्यानल आदि सिर्जना भइरहेका छन् ।लोभी पापी राजनेता कै कारण भएको छ । देश बनाउने कसलाई चिन्ता छ ? जसलाई चिन्ता छ । त्यो अगाडी आउछन र जनता पछि लाग्छन । नेपालको राजनीतिक अस्थिरताकिन भएको प्रस्ट भन्न सकिने अवस्था छ, जुन आजसम्म भइरहेका छन् ।भ्रष्टाचार, गैर कानून र आदेश, कम आय, उद्योग ब्यबसाय बन्द, उच्च मूल्य बृदी टाढाको सोच नगर्ने राजनीति पार्टी र त्यसका पदाधिकारीहरुको कमजोरी हो । राजनीति जनताको लागि नभई व्यक्तिको लागि मात्र भयो। जनता र राजनीतिक दलको सम्बन्ध सुमधुर छैन । स्मरण गर्नुपर्ने अवस्था देखिएको छ। निष्कर्षमा, नेपालको वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्नु पर्छ नेपाली राष्ट्रवादीले ढिलाइ नगरोस् अब समय आएको छ हामीलाई परिवर्तन चाहिन्छ चाहिन्छ । बिकास, मोर्डन नेपाल, सुन्दर नेपाल र शान्त नेपाल, सुरक्षित नेपाल स्वस्थ र शिक्षित जनता ,इमानदार नेता आर्थिक रूपमा बलियो देश, आर्थिक रूपमा स्थिर, आर्थिक स्वतन्त्रता,सफल देशको लागि अभियानको स्वागत गरौ राम्रो कामको र राम्रो व्यक्तिको मिशन र दृष्टि को लागी समर्थन गरौ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend