सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

फाईल तस्विर

काठमाडौं २०७९ फागुन ४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बिहीबार बिहान प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो ।
गत पौष १० गते प्रधामन्त्री माओवादी र राष्ट्रपति एमालेलाई दिने सहमति भएको थियो। पुस २६ मा कांग्रेससहित २ सय ६७ सांसद्बारा विश्वासको मत पाएपछि प्रचण्डको बोली फेरिएको छ। पछिल्लो समयमा माओवादी केन्द्रले सार्वजनिक रुपमा राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने बताइरहेको छ। एमाले नेताहरु भने एमालेको उम्मेदवार राष्ट्रपति बन्ने यस अगाडि नै सहमति भएको अभिव्यक्ति दिइरहेका छन्। ओलीले राष्ट्रपति अन्य पार्टीलाई नछाड्ने अडान दोहोर्‍याइ रहेका छन्। प्रचण्डसँगको यस अगाडिको भेटमा ओलीले पूर्वसहमति अनुसार नै राष्ट्रपति चयन हुनुपर्ने धारणा राखेका हुन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend