सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

शिवम् सिमेन्टविरुद्ध उजुरी

शिवम् सिमेन्टविरुद्ध उजुरी

खवरब्रेकिंग संवाददाता

काठमाडौं २०७९ माघ २५ गते । शिवम् सिमेन्टविरुद्ध भ्रामक विज्ञापन गरेको भन्दै वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी परेको छ । उपभोक्ता अधिकार अनुसन्धान मञ्चले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी दिएको हो ।

शिवम् सिमेन्टले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ७ को १ (छ) विपरीत काम गरेको मञ्चले जनाएको छ । ऐनको दफा ७ को १ (छ) मा वस्तु वा सेवाको गलत वा भ्रामक विज्ञापन वा प्रचार प्रसार गर्न नपाइने व्यवस्था रहेको मञ्चका अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिए ।

भ्रामक विज्ञापन गर्नेलाई दुईदेखि तीन वर्षसम्म कैद तथा ३ देखि ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend