सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

रास्वपाका निवर्तमान मन्त्रीहरुले पत्रकार सम्मेलन गर्दै

रास्वपाका निवर्तमान मन्त्रीहरुले पत्रकार सम्मेलन गर्दै

काठमाडौं २३ माघ। राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान मन्त्रीहरुले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । पार्टीले सरकारबाट निस्किने निर्णय गरेसँगै प्रधानमन्त्रीलाई राजीनामा दिएका रास्वपाका ३ जनाले पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

राजीनामा बुझाएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

स्रोतका अनुसार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन हुनेछ । शनिबार रास्वपाले पूर्वसहमति अनुसार सभापति रवि लामिछानेलाई गृहमन्त्री नदिएको भन्दै सरकारबाट छाडेको हो । उसले सरकारबाट बाहिरिने निर्णय गरे पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लगेको छैन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend