सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

सांसदहरूलाई अभिमुखीकरण तालिम दिइँदै

सांसदहरूलाई अभिमुखीकरण तालिम दिइँदै

काठमाडौं २० माघ। आज पनि प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण तालिम दिइँदै छ । बिहीबारदेखि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा नवनिर्वाचित सांसदहरूलाई संसदीय समिति र संसद्मा उपस्थिति हुन आवश्यक मानमर्यादाका बारेमा जानकारी दिइएको छ । दुईदिने अभिमुखीकरण तालिमलाई आज पनि निरन्तरता दिइनेछ ।

नयाँ सांसदहरूले पुराना सांसदहरूबाट अनुभव लिने कार्यक्रम आयोजना गरिएको हो । आज पूर्वअर्थमन्त्री युवराज खतिवडा, नेपाल कानुन आयोगका पूर्वअध्यक्ष माधवप्रसाद पौडेल, नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेती, संसद् सचिवालयका सचिव रोजनाथ पाण्डेलगायत व्यक्तिले सम्बोधन गर्ने कार्यक्रम छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend