काठमाडौं १९ माघ । नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद अरुण चौधरीलाई रिहा गर्न अल्टिमेटम दिएको छ। बिहीबार पार्टी प्रवक्ता दामोदर पण्डितले विज्ञप्ति जारी गर्दै चौधरीलाई २४ घण्टाभित्र रिहा नगरे त्यसपछिका घटनाको दोषी सरकार र सम्बन्धित निकाय हुने उल्लेख छ।
विज्ञप्तिमा चौधरी पक्राउको घटनाले नागरिक उन्मुक्ति पार्टी र पहिचानवादीहरुमा ठूलो आघात परेको महसुस गरिएको उल्लेख छ। ुहामीलाई जबरजस्त आन्दोलनमा जान धकेल्ने प्रयास नगरियोस्ु, विज्ञप्तिमा भनिएको छ।
नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभाका सांसद चौधरीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोलीले बाँकेको कोहलपुरबाट बिहीबार पक्राउ गरेको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend