काठमाडौं १९ माघ । नेकपा एमालेका युवा नेता राम प्रसाद रिजालले बर्तमान सत्तागठबन्धनको समिकरण भत्किए एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने दाबी गरेका छन । आज खवरब्रेकिंग संग कुरा गदै युवा नेता रिजालले यस्तो दाबी गरेका हुन । सत्ता गठबन्धनको सहमती अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले नै गृहमन्त्रालय पाउनु पर्ने रिजालले बताए । गृहमन्त्रालय माओवादी केन्द्रले राख्न खोजे गठबन्धन भत्किने र ओलीको नेतृत्वमा सरकार बन्न सक्ने चेतावनी समेत उनले दिए । तेस्रो शक्तिलाई प्रधानमन्त्री समेत दिदा माओवादीले घमण्ड गर्छ भने परिस्थिती फरक हुन सक्ने उनले बताए । आज देश आर्थिक सामाजिक सबै क्षेत्रमा तहस नहस हुदै गएको अबस्थामा सरकार गम्भिर बन्नु पर्ने उनले सुझाव दिए । देशमा बिकास र समृद्धि ल्याउन एमाले नेतृत्वमा सरकार बन्नु पर्ने उनको भनाई छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend