काठमाडौं १६ माघ । नेकपा एमालेका युवा नेता राम प्रसाद रिजालले दलहरुबीचको सहमती अनुसार एमालेले राष्टपति पाउनु पर्ने बताएका छन । एक अनलाईनमा अन्तरवार्ता दिदै यस्तो बताएका हुन । उनले काँग्रेसलाई राष्टपति दिन नहुने बताएका छन । काँग्रेसले राष्टपति पाउने सपना नदेख्न रिजालले सुझाव दिएका छन । नेपाली काँग्रेसले यो सत्तागठबन्धन भत्काउन खोजेको छ तर उ सफल हुन नसक्ने रिजालले बताए । अब सत्तागठबन्धन पाँच बर्ष सम्म कायम हुनु पर्ने उनको भनाई छ । अब देशको बिकास र समृद्धि गठबन्धनले गर्नु पर्ने र जनताको मुहारमा खुशियाली ल्याउन जरुरी भएको उनले बताए । एमालेको पहल कदमीले पुरानो गठबन्धन भत्किएको र नयाँ गठबन्धन निर्माण भएर सरकार गठन भएको उनले दाबी गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend