काठमाडौं १५ माघ । नेकपा (एमाले) का युवा नेता राम प्रसाद रिजालले राजनीतिक स्थायित्वका लागि सत्ता गठबन्धन फुट्न दिन नहुने बताएका छन्। आज खवरब्रेकिंग संग कुरा गदै रिजालले यस्तो बताएका हुन । उनले अहिले बनेको समीकरण अनुसार नै दलहरु अगाडि बढ्नुपर्ने बताए । राजनीतिक दलहरुबीच भएको सहमतिलाई अक्षरसः पालना गर्नुपर्ने उनको भनाई छ । उनले एमालेलाई राष्ट्रिय राजनीतिको मियो भनेका छन ।
चारैतिरको घेराबन्दीका बीचमा पनि एमाले अहिले नेतृत्वदायी भूमिकामा रहेको उनले बताए। उनले सबै पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिए। उनले हिजोको कमीकमजोरीबाट अनुभव र शिक्षा लिएर अगाडि बढ्नुपर्ने कुरामा जोड दिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend