सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

नागरिकता प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय जाँदै रवि लामिछाने

नागरिकता प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय जाँदै रवि लामिछाने

फाइल तस्विर

काठमाडौं १५ माघ । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र पुनःप्राप्तिका लागि आज जिल्ला प्रशासन कार्यालय जाने भएका छन्। उनी आइतबार विहान कार्यालय खुलेसँगै बबरमहलस्थित काठमाडौं जिल्ला प्रशासन कार्यालय जाने उनका सहयोगीले बताएका छन्।

सर्वोच्च अदालतले गत शुक्रबार अमेरिकी नागरिकता त्यागपछि प्रक्रिया नपुर्याएकाले लामिछानेको नेपाली नागरिकता कायम नरहेको फैसला गरेको थियो। योसँगै, उनको सांसद पद खारेज भएको थियो। सांसद पदसँगै उनले उपप्रधान तथा गृहमन्त्री र पार्टी सभापतिको पद गुमाएका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend