काठमाडौँ १४ माघ । अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन्। शनिबार बुटवलमा आयोजित एक कार्यक्रमकाबीच उनी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी हुन्। उनलाई नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जीता श्रेष्ठले पार्टी प्रवेश गराएकी हुन्।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै गौतमले आफू नागरिक उन्मुक्ति पार्टीको विचारबाट प्रभावित भएको बताइन्। उनले पार्टीको उद्देश्य पूरा गर्न आफू लागिपर्ने पनि बताइन्। उनी पत्रकार ऋषि धमालाकी श्रीमती हुन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend