काठमाडौं १३ माघ । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठक जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष रहेका रवि लामिछानेको नागरिकता अवैध रहेको सर्वोच्च अदालतको ठहरपछि राष्ट्रिय स्वतन्त्र पार्टीले यो बैठक बोलाएको हो ।
रवि लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः लिनका लागि प्रक्रिया नै नथालेकाले उनको नागरिकता अवैध भन्दै उनको सांसद पद बदर भएको हो । अब उनी सबै पदबाट मुक्त भएका छन् । यही सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक बैठक बोलाएको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend