सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

भारतको ७४ औं गणतन्त्र दिवसको अवसरमामा भारतीय सेनामा कार्यरत मृतक नेपालीका परिवारलाई नगद सम्मान

भारतको ७४ औं गणतन्त्र दिवसको अवसरमामा भारतीय सेनामा कार्यरत मृतक नेपालीका परिवारलाई नगद सम्मान

काठमाडौं १२ माघ । नेपालस्थित भारतीय राजदूतावासले भारतको ७४औं गणतन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । भारतीय राजदूतावास लैनचौरमा आयोजना गरिएको कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय सेनामा कार्यरत मृतक नेपालीका परिवारलाई ४ करोड ६० लाख नगद रुपैयाँ र कम्बल वितरण गरी सम्मान गर्नु भएको थियो ।

सो अवसरमा राजदूत श्रीवास्तवले नेपालका विभिन्न संस्थालाई पुस्तक वितरण गर्नु भयो । दूतावासले विभिन्न २३ संस्थालाई १६ लाख रुपैयाँ बराबरको पुस्तक उपहास्वरुप वितरण गर्ने जनाएको छ । कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गर्नुभएको सम्बोधन पढेर सुनाइएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend