सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

आत्मदाहको प्रयास गर्ने आचार्यको अवस्था बुझ्न राज्यमन्त्री कार्की अस्पतालमा

आत्मदाहको प्रयास गर्ने आचार्यको अवस्था बुझ्न राज्यमन्त्री कार्की अस्पतालमा

काठमाडौँ १० माघ। काठमाडौँको नयाँ बानेश्वरस्थित संसद भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको स्वास्थ अवस्था बुझ्न स्वास्थ्य राज्यमन्त्री डा। तोसिमा कार्की अस्पताल पुगेकी छन्।

कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको शरीरको ८० प्रतिशत भाग जलेको छ । उनको अवस्था चिन्ताजनक रहेको चिकित्सकले जनाएका छन् ।

राज्यमन्त्री कार्कीले उनको उपचारमा कुनै कसर नराख्न अस्पताललाई निर्देशन दिएकी छन् । ‘बचाउन प्रयास गर्नुस्, आवश्यक सहयोग गर्नुस्‚ जे सकिन्छ हामी गर्छौं‚’ उनले अस्पतालका चिकित्सकहरूसँग भनिन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend