काठमाण्डौं ९ माघ । ३ वर्षअघि विद्यार्थी भिसामा जापान गएका एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन् । गुल्मी जिल्लाका २३ वर्षीय एक विद्यार्थीले आत्महत्या गरेका हुन् । उनको परिचय पूर्णरुपमा जापानको प्रशासनले खुलाएको छैन ।
उनी १७ जनवरीदेखि सम्पर्कमा नआए पछि उनको खोजी भएको थियो । आइतबार उनको कोठामा प्रहरी पुग्दा उनी मृत भेटिएका हुन् । उनले केही दिनअघि नै आत्महत्या गर्न सकेको हुने जापानी प्रहरीले जनाएको छ । उनको पोस्टमार्टम हुने भएको छ । यस विषयमा जापानमा रहेको नेपाली दूतावासलाई जानकारी दिइएको जापानी प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend