काठमाडौं, ५ माघ । सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र भने मन्त्रिपरिषद् विस्तारलाई लिएर व्यापक असन्तुष्टि बढेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैं उपप्रधान तथा ऊर्जा मन्त्रालयको जिम्मेवारीसहित सरकारमा सहभागी भएका छन्। पार्टी अध्यक्ष नै सरकारमा जाँदा त्यसको प्रभाव सिंगो पार्टी संगठनमा पर्ने भन्दै कतिपय नेताहरूले उनलाई सहभागी नहुन आग्रह गरेका थिए।
तर लिङ्देन सझावको बेवास्ता गर्दै सरकारमा गए। उनले भ्रष्टाचारको आरोपमा सफाइ पाएका विक्रम पाण्डेलाई समेत महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएपछि राप्रपाभित्र असन्तुष्टि चुलिएको हो। विशेष अदालतबाट सफाइ पाएका पाण्डेविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पुनरावेदनका लागि अदालत जाने तयारी गरिरहेको छ। नागरिक दैनिकबाट
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend