काठमाडौं ४ माघ । सभामुखको उम्मेदवार नेकपा एमालेले सांसद देवराज घिमिरेलाई बनाउने भएको छ ।आज दिउँसो ४ बजेसम्म प्रतिनिधिसभाको सभामुखका लागि संसद सचिवालयले मनोनयनको दर्ता समय तोकिदिएको छ ।
नेकपा एमालेले सत्ता पक्षको तर्फबाट देबराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउन लागेको हो । आज दिउँसो ४ बजेसम्म दलहरुले सभामुखका लागि उम्मेदवारी दिनुपर्नेछ ।
सरकार गठनअघि नै सत्ता गठबन्धनमा सभामुख नेकपा एमालेले पाउने सहमति भएको थियो ।
एमाले भित्रै पनि सभामुखको दौडमा पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा, रघुजी पन्त विद्या भट्टराईको चर्चा थियो । तर अन्त्यमा एमाले अध्यक्ष केपी शर्मा ओलीले घिमिरेलाई नै अघि सारेको बुझिएको छ ।
घिमिरे झापा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। प्रतिनिधि सभाको सभामुख चयन गर्न बिहीबार ११ बजे निर्वाचन हुने भएको छ। सभामुख उम्मेदवारहरुको नामावली पनि आजै प्रकाशन गर्ने तयारी संसद सचिवालयको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend