काठमाण्डौं ४ माघ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति नन्दबहादुर पुनले जानकारी लिएका छन् ।
बुधबार बिहान ललितपुरस्थित सुमेरु अस्पताल पुगेर उपराष्ट्रपति पुनले माओवादी केन्द्रका उपमहासचिव पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उपमहासचिव पुनको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको चिकित्सकहरूले बताएका छन् ।
यसअघि मंगलबार सुमेरु अस्पताल पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend