काठमाण्डौं ३० पुस । प्रदेश १ मा प्रदेश सभाका उपसभामुखको लागि आज निर्वाचन हुन लागेको छ।
प्रदेश सभाको उपसभामुखका लागि नेपाली कांग्रेसका तर्फबाट लिलाकुमारी राई र नेकपा (एमाले)की सिर्जना दुनुवार उम्मेवार रहेको प्रदेश सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।
प्रदेश सभाको आज बिहान ११ बजे बस्ने बैठकले मतदान प्रकियाद्वारा उपसभामुखको चयन गर्नेछ। प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)का चार र जसपाका एक सदस्य छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend