भक्त केसी
व्यक्तिगत राजनीतिक व्यवहारले राजनीतिको धारणा र मतदाता वा राजनीतिज्ञहरूको राजनीतिक कार्यहरू उन्मुख छन्निजीकरणले दलहरूको भूमिकामा आएको गिरावटलाई जनाउँछ, वा राजनीतिक दलहरू राजनीतिक ठाउँका केन्द्रीय अभिनेताहरू भएका छन्। एक प्रक्रिया जहाँ व्यक्तिगत राजनीतिक अभिनेताहरू पार्टी नेताहरू, राजनीतिक दल, संगठन र संस्थाहरूको खर्चमा बढी प्रख्यात हुन्छन्। राजनीति भनेको मानिसहरू बीचमा सम्झौताहरू गर्नु हो ताकि तिनीहरू जनजाति, सहर वा देशहरू जस्ता समूहहरूमा सँगै बस्न सकून्। ठूला समूहहरूमा, जस्तै देशहरूमा, केही व्यक्तिहरूले त्यस्ता सम्झौताहरू गर्न आफ्नो धेरै समय खर्च गर्न सक्छन्। यस्तालाई राजनीतिज्ञ भनिन्छ ।
ब्यक्तिबादी राजनीति , राजनीतिमा व्यक्तिवाद कई दशक देखि हावी छ । अधिकतम राजनीतिक दल व्यक्ति वाद परस्त छन जति नै अग्रगामी वा प्रगतिशील दाबी गरिए पनि नीतिबेगरको राजनीति व्यक्तिवादी हुन्छ। अब नेपाल व्यक्तिवादी प्रवृत्तिबाट मुक्त हुँदैन जस्तो लाग्छ । व्यक्तिवादमा चलेको कुनै पनि देशको राजनीतिक दलले चुनावी सफलता पाएको देखिँदैन ।आफूलाई केन्द्रमा राखेर हेर्ने व्यक्तिवादी चिन्तन कम्युनिष्ट आन्दोलनमा छ।खड्क ओली , पुष्पकमल दाहाल (प्रचण्ड) र शेरबहादुर देउबा प्रवृत्ति भनेको त्यो आफूकेन्द्रित व्यक्तिवादी प्रवृत्ति हो, कोही व्यक्तिवादी जन्जिरबाट मुक्त नहुँदा, सबै विद्रोहमा अशान्ति हुँदैन ।जबसम्म आन्दोलनको नेतृत्व यस किसिमका घातक र व्यक्तिवादी प्रवृत्तिबाट मुक्त हुँदैन, देशको कायापलट हुन् सक्दैन ।सामान्य सूत्र मात्र पकडेर हुँदैन । व्यक्तिवादी सोच र पद्धतिबाट मुक्त हुनु पर्छ सिद्धान्त र विचारलाई लत्याएर जुनसुकै दलसँग अङ्कमाल गर्ने दलीय नेतृत्वले गर्दा सार्वजनिक संस्थाहरू भत्किएर मुलुक पद्धतिविहीन मात्र भएको छैन, गति र दिशा हराएको पानी जहाज बन्न पुगेको छ।सत्तामा पुगेर व्यक्तिगत र गुटगत स्वार्थ पूरा गर्न विपरीत सिद्धान्त र दर्शन बोकेका दलहरूसँग चुनावी समीकरण र कार्यगत एकता गर्नसम्म पछि पर्दैनन्, हाम्रा राजनीतिक दल। प्रचलित संविधानको अन्तर्वस्तुबारे नेकपा, माओबादी संग एमाले (कांग्रेस लगाएत कसैको पनि धारणा मिल्दैन।राष्ट्रिय राजनीतिको स्वरूपै फरक हुन सक्थ्यो। संविधानको मूलभूत अन्तर्वस्तुमा केही परिवर्तन नआए पनि सत्तास्वार्थमा भने चोचोमोचो मिलिरहेकै छ।जगजाहेर छ, सत्तारूढ गठबन्धनमा रहेका अन्य दलको पनि एकअर्कासँग राजनीतिक विचारधारा मिल्दैन।कम्युनिष्ट नाम जोडिएका दलहरूमै वैचारिक तथा कार्यदिशागत मतैक्य नभएपछि गुटगत स्वार्थ पूरा गर्नकै लागि विचारै नमिल्ने दलहरूबीच गठबन्धन हुने गरेको छ । अहिले राजनीतिका नाममा गणितीय लेनदेन मात्र भइरहेको छ ।कांग्रेसले समाजवाद, लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रलाई आफ्नो आदर्श र सिद्धान्त भनेको छ।कांग्रेसले भनेको समाजवाद र कम्युनिष्ट पार्टीहरूको समाजवादमा कति अन्तर छ भन्ने स्पष्ट छैन।विचार, संगठन र नेतृत्व राजनीतिक दल बन्न नभई नहुने तत्त्व हुन्। अटल विचार र सैद्धान्तिक निरन्तरता नभएकोलाई राजनीतिक दल भन्नै मिल्दैन।“पार्टी भन्ने बित्तिकै दर्शन र विचाराधारा हुनैपर्छ, तर नेपालका एकाध बाहेक सबै दलको विचारधारा पतन भइसकेको छ।” विचार एक संस्कार पनि हो। विडम्बना, अहिले वैचारिक आस्था अनुसार चलेका नेताहरू भेट्नै मुश्किल छ। दलभन्दा पनि दल हाँक्ने नेताहरू विचारशून्य छ । “जोसँग विचार छ, ऊ पार्टीमा छैन वा माथि आउनै सकेको छैन, जो पार्टीमा छ उसलाई विचारधारा मनै पर्दैन,” नेताहरु लाइ घोक्रो फुलाएर भाषण गर्न पाए पुग्छ , कार्य कर्ताहरु लाई आ(आफ्नो नेता बाहेक अरु कोहि मन पर्दैन नेता(कार्यकर्ता सबै छिटो कमाउने होडमा छन् ।
कति धेरै राजनीतिक पार्टीका कार्यकर्ता बिहिन नेता छन् बिना कार्यकर्ताक नेता पार्टीमा कार्य कर्ता घटे पछि प्रतिपक्षी पार्टी फुटाउने कार्य अनैतिक र अनुचित हो। यो लोकतन्त्रको हुर्मत हो तर गर्छन । बिचौलिययाहरु घटे कि बढे रु बढे सबै उनकै जिम्मा हुन्छ । अनि कार्यकर्ता त्यही अनुसार सजग र अभ्यस्त हुन्छन् पार्टीका कार्यकर्ता देखि नेताहरु सबैलाई सत्ता शक्ति मोह छ ।राजनीतिक दलहरूले नेपालीहरूलाई जनता होइन, पार्टीका कार्यकर्ता बनाएका छन् ।लाखौँ कार्यकर्ता भएका दल चुपचाप हुन्छन । सबै राजनीतिक दलको संगठनको बनोट उस्तै छैन । कार्यकर्ता बनाउने वा परिचालन गर्ने आ–आफ्ना तरिका, विधि वा प्रक्रिया छन् ।कुनै पनि युवाले राजनीतिक संगठनभित्र पस्नै पाएनन् । यसले गर्दा उनीहरू राजनीतिक दर्शन, विचार र यसको अर्थ–सामाजिक महत्त्व बुझ्नबाट वञ्चित भए । यसलाई शिक्षा र रोजगारीसँग जोडेर पनि हेर्न सकिएला । औपचारिक शिक्षाले सर्वसाधारणको दलप्रतिको चासो घटायो पनि भनिएला । युवालाई दलमा संगठित गर्ने काम त दलीय नेताहरूले नै गर्ने हो, तर यसो हुन सकेन । परिणामतः दलहरूभित्र संगठित युवाको संख्या घट्दै गयो । धेरै जसो पार्टीको कार्यकता छैनन । झोलामा छ पार्टी अफिस एक्लो छ नेता कार्यकर्ता नभएको नेताको कुरा कोस्ले सुन्ने । दलीय नेताहरूको कार्यशैली र व्यवहार दलतन्त्र उकास्ने र लोकतन्त्रलाई निस्तेज गर्ने गरी संस्थागत भए । यसले नगारिकको स्वास्थ्य, शिक्षा तथा रोजगारीजस्ता आधारभूत मानव अधिकारलाई कमजोर बनायो । सबैतिर नेता–कार्यकर्ताको तजबिज बलिया भएकाले नागरिकको समस्यामाथि दलको ध्यान जान सकेन । यसर्थ नागरिकले आफू हेपिएको, पाखा पारिएको भनेर सोच्नु स्वाभाविक हो । तर दलतन्त्र यसरी विस्तार भयो, देशको भौतिक पूर्वाधार निर्माणदेखि सामुदायिक विद्यालय व्यवस्थापनसम्म, कुनै पनि क्षेत्रलाई छोडेन । यसको राजनीतिक लाभ स्वतन्त्र उम्मेदवारहरूले उठाए ।अहिले नागरिकलाई संगठित हुन राजनीतिक दल नै रोज्नुपर्ने बाध्यता छैन ।नयाँ अनुहार लोकप्रियता बढेको छ । स्थानीय तहमा दलीय सान्दर्भिकता कमजोर हुँदै गएको देखिन्छ । यो दलनियन्त्रित राजनीतिका लागि चुनौती हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend