विराटनगर २५ पुस । माओवादी केन्द्र प्रदेश १ सरकारमा सहभागी नहुने भएको छ। केन्द्रमा भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्र सरकारमा तत्काल सहभागी नहुने भएको हो।
माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रको निर्णयले प्रदेशमा पार्टीको अपमान भएको बताए। उनले आलोपालोबारे लिखित सहमति नभएसम्म आफूहरू सरकारमा सहभागी नहुने बताए।
सरकारलाई दिएको समर्थन भने यथावत् रहने माओवादीले जनाएको छ। माओवादी केन्द्रले एमालेसँग आधा आधा कार्यकाल हुनुपर्ने बताउँदै आएको छ। आइतबार साँझ सत्तारुढ दलहरूको बैठकले प्रदेशको भागबण्डा गरेको थियो। यसक्रममा प्रदेश १ मा माओवादीले सभामुख मात्रै पाएको छ भने मुख्यमन्त्री आलोपालो गर्ने विषय उल्लेख छैन।
प्रदेश १ मा एमालेका हिक्मतकुमार कार्की आइतबार नै मुख्यमन्त्री नियुक्त भइसकेका छन्। कार्कीलाई सोमबार दिउँसो २ बजे शपथग्रहण गराउने कार्यक्रम छ । शपथ लगत्तै सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने तयारी छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend