पाल्पा २२ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं ८ खुर्सानेमा भएको सवारी दुर्घटनामा ६ जनाको ज्यान गएकोमा दुःख व्यक्त गरेका छन् । साथै उनले सार्वजनिक यातायात सुरक्षित बनाउन भूमिका खेल्न पनि सबैमा आग्रह गरेका छन् ।
दुर्घटनालाई लक्षित गर्दै प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन् (ुगए राति पाल्पाको बस दुर्घटनामा मृत्यु हुनुभएका यात्रुहरूप्रति भावपूर्ण श्रद्धा सुमन व्यक्त गर्दछु, मृतकका आफन्तहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भूमिका खेल्न सबैमा हार्दिक अपिल गर्दछु।ु
दुर्घटनामा ६ जनाको मृत्यु हुनुको साथै अन्य १८ जना यात्रु घाइते भएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend