आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

मंसिरमा गर्नुपर्ने निर्वाचन विभिन्न बहाना बनाएर सार्ने खतरा छः ओली

मंसिरमा गर्नुपर्ने निर्वाचन विभिन्न बहाना बनाएर सार्ने खतरा छः ओली

 

 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिरमा नहुने खतरा रहेको बताएका छन् ।

बुधबार पार्टीको वाग्मती प्रदेश भेलामा उनले यस्तो बताएका हुन । उनले मंसिरमा गर्नुपर्ने निर्वाचन विभिन्न बहाना बनाएर सार्ने खतरा रहेको बताए । उनले फागुनमै गर्नुपर्ने स्थानीय तह निर्वाचन वैशाख अन्तिममा मात्र गरिएको पनि बताए । उनले समयमा नै निर्वाचन हुनुपर्नेमा जोड दिए । निर्वाचनबाट देशका निम्ति काम गर्ने, लोकतन्त्रको रक्षा, विकास गर्ने सरकार आउनुपर्ने उनले उल्लेख गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend