आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

कांग्रेसको एकलौटी सरकार होइन, धेरै माग नगर्नुस्ः प्रधानमन्त्री देउवा

कांग्रेसको एकलौटी सरकार होइन, धेरै माग नगर्नुस्ः प्रधानमन्त्री देउवा

 

काठमाडौँ २९ जेष्ठ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार एकलौटी रूपमा कांग्रेसको नभएको भन्दै पार्टीसँग आबद्ध संघसंगठनहरूलाई धेरै माग नगर्न आग्रह गरेका छन् । गठबन्धन सरकार भएकाले कांग्रेसले चाहेअनुसार मात्रै नहुने प्रधानमन्त्री देउवाको भनाइ थियो ।

नेपाल ट्रेड युनियन कांग्रेसको आइतबार काठमाडौंमा सुरु भएको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले श्रमिकहरुको हक, अधिकारको सुरक्षा र उनीहरूको लागि आवश्यक सुविधा उपलब्ध गराउन भने सरकारको दृढ संकल्प रहेको बताए ।

प्रधानमन्त्री देउवाले सरकारले कोभिड  १९ नियन्त्रण, रोकथामका लागि चालेको खोप अभियान लगायत कार्यक्रमहरूले हाल कोभिड नियन्त्रणमा आए पनि रुस(युक्रेन युद्धका कारण विश्व अर्थतन्त्र विभिन्न चुनौतिबाट गुज्रिएको बताए । जसकारण श्रमिकहरूको रोजीरोटीको मुख्य आधार उद्योग व्यवसाय क्षेत्रलाई समेत प्रभाव पारेको उनको भनाइ थियो ।

 

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend