आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

कर्मचारी स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान

कर्मचारी स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान

 

 

काठमाडौं २९ जेठ। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीले विभिन्न पदमा आन्तरिक र खुला तथा समावेशी प्रतियोगिताबाट कर्मचारी पदपूर्तिका लागि विज्ञापन खोलेको छ । खुला तथा समावेशीबाट ५७ जना र आन्तरिकबाट ४३ जना गरी १०० जना कर्मचारी स्थायी पदपूर्ति गर्न लागिएको हो ।

वरिष्ठ कन्सल्यान्ट कार्डियाक सर्जन, वरिष्ठ कन्सल्यान्ट कार्डियोलोजिस्ट, कन्सल्यान्ट कार्डियोलोजिस्ट, कन्सल्टेन्ट एनस्थेसिस्ट, वरिष्ठ नर्सिङ सुपरभाइजर, प्रशासन उपप्रमुख, वरिष्ठ फर्मासिस्ट, ल्याब टेक्नोलोजिस्ट, प्रशासन सहायक लगायत पदमा दरखास्त आह्वान गरिएको छ ।

कुनै पदमा आजको दिनदेखि ३० दिनभित्र र कुनै पदमा २१ दिनभित्र दरखास्त दिनुपर्ने आज सार्वजनिक सूचनामा उल्लेख छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend