आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

सबै फोहोर १० दिनभित्र उठाइने

सबै फोहोर १० दिनभित्र उठाइने

 

 

काठमाडौं २९ जेठ । राजधानीको सडक गल्लीमा थुप्रिएको सबै फोहोर १० दिनभित्र उठाइने भएको छ। काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागले शुक्रबार १ सय ५३ र शनिबार करिब २ सय ५० ट्रक फोहोर बन्चरे ल्यान्डफिल साइटमा बसालेको थियो। कामपा बन्चरेडाँडा ल्यान्डफिल साइटका इन्जिनियर सरकारद्वीप श्रेष्ठले अब दैनिक करिब ३ सय ट्रिपर फोहोर विसर्जन गर्ने जानकारी दिए।

उनका अनुसार शुक्रबार बिहान १ बजे स्थानीय र कामपाबीच १८ बुँदे सहमति भए लगत्तै सडकमा थुप्रिएको फोहोर ल्यान्डफिल साइटमा लगिएको हो। मौसमले साथ दिएमा अबको १० दिनभित्र उपत्यकाको सबै सडकमा थपिएको फोहोर ल्यान्डफिल साइटमा व्यवस्थापन गरिसक्ने उनको दाबी छ। कामपाले स्थानीयसँग सम्झौता भए लगत्तै सबै वडा कार्यालयलाई तत्काल फोहोर उठाउने व्यवस्था गर्न निर्देशन दिएको थियो। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend