मोरङ २७ जेठ । एमालेका अध्यक्ष केपी ओलीले कार्यकर्तालाई निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका छन्। नेकपा एमाले मोरङ जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले संघीयताको सफल कार्यान्वयनका लागि अहिलेदेखि निर्वाचनमा जुट्न आग्रह गरेका हुन्।
अध्यक्ष ओलीले जनताको ठूलो त्याग र बलिदानबाट ल्याएको लोकतन्त्र संरक्षण गर्न आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्नु पर्ने बताए । त्यसका लागि अहिलेदेखि परिचालित हुन उनले कार्यकर्तालाई निर्देशन दिए।
उनले मुलुकको समृद्धि र विकासका लागि एमालेले प्रदेश तथा संसदीय निर्वाचनमा अत्यधिक स्थानमा विजय हासिल गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले स्थानीय निर्वाचनमा पार्टीप्रति विश्वास्त भएर लोकप्रिय मत दिएकोमा जनतालाई धन्यवादसमेत दिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend