आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

लोसपालाई अफरै अफर, तीनतिरबाट तानातान्

लोसपालाई अफरै अफर, तीनतिरबाट तानातान्

 

काठमाडौं २६ जेष्ठ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले एक साताको अवधिमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरे ।

जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले बुधबार सार्वजनिक रूपमै पार्टी एकीकरण गर्न लोसपाका नेताहरूलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री एवं काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले पनि भेटमा ठाकुरलाई सहकार्य र गठबन्धनका लागि आग्रह गरेका थिए।

यो भनेको हामीलाई तीनतिरबाट गरिएको अफर हो । लोसपाका एक नेताले भने, ‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा हामी गठबन्धनका पक्षमा छौं । त्यसका लागि सबै काँग्रेस, एमाले र जसपा० सँग कुरा भइरहेको छ।’

ठाकुरसँगको भेटमा देउवाले सहकार्य गर्न प्रस्ताव राखेको लोसपाका नेता शरतसिंह भण्डारीले बताए । यो खबर आजको नागरिक दैनिकमा छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend