सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पाँच हजार एकसय पाँच उचाईमा छायाँकन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक(भिडियो)

पाँच हजार एकसय पाँच उचाईमा छायाँकन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक(भिडियो)

 

 

विश्व कीर्तिमानी गीतकार डा डीआर उपाध्यायको तिलिचो हिमालको काखमा छायाँकन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक भएको छ । काठमाडौंमा एक विशेष समारोहबीच सोमबार पाँच हजार एकसय पाँच उचाईमा तिलिचो हिमालको काखमा छायाँकन गरिएको गीतको भिडियो सार्वजनिक भएको हो ।

पूर्व श्रममन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्यता र संगीतकार तथा गायक सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’, सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’, राज लुइँटेल, रमेश थापा, सिलोन लम्साल, गीता राई लगायतको आतिथ्यतामा भिडियो सार्वजनिक गरिएको थियो । सो अवसरमा उक्त उचाईमा लाइभ प्रस्तुति गरिएको गीतको सिडी एल्वम पनि सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरूले यो उचाईमा गएर प्रत्यक्ष प्रस्तुतिका साथै भिडियो छायाँकन गरेर सार्वजनिक गरिएकोमा डा। उपाध्यायलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रमको सहजिकरण सञ्चारकर्मी गीता अधिकारीले गर्नुभएको थियो ।

सागर अधिकारी ‘शरद’को स्वर तथा छायाँकन, भेषप्रसाद श्रेष्ठको संगीत, देवेन्द्र नेवाःको एरेञ्ज र कुमार केसीको माष्टरिङ रहेको छ गीतमा ।

महेन्द्र चन्दको ‘माइकल’को निर्देशन रहेको गीतको भिडियोमा पुष्प खडका र श्रद्धा क्षेत्रीलाई फिचरिङ गरिएको छ ।

उत्सव दाहालको छायाँकन, शिलन लम्सालको सम्पादन र अनिता ग्वाच्छाको श्रृङ्गार रहेको भिडियो डीआर क्रियशनमार्फत सार्वजनिक गरिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend