पोखरा । जिल्ला समन्वय समिति कास्कीमा एमालेको प्यान विजयी भएको छ। शुक्रबार भएको निर्वाचनमा जिल्ला समन्वय कास्कीको प्रमुखमा एमालेका लीलाधर पौडेल विजयी भएका छन्।
उनले नेपाली कांग्रेसका दीपेन्द्र ढकाललाई पराजीत गरेका हुन्। उप प्रमुखमा एमालेकी उमेदवार सरिता कुमाल विजयी भएकी छन्। उनले नेपाली कांग्रेसकी उषा थापालाई पराजीत गरेकी हुन्।
सदस्यहरुमा सीतादेवी विक, हर्क बहादुर गुरुङ, राजु अधिकारी, गणेश बहादुर घर्ति, वालिका सुवेदी, लक्ष्मी दमै, सुकमाया नेपाली विजयी भएका छन्। कास्कीका पाँच पटै पालिकामा निर्वाचित जनप्रतिनिधिहरुले मतदानमा सहभागि भएका थिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend