आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

पोखरा महानगर कार्यपालिकामा एमाले प्यानलै विजयी

पोखरा महानगर कार्यपालिकामा एमाले प्यानलै विजयी

 

 

पोखरा १८ जेठ । पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यमा एमालेको प्यानल नै विजयी भएका छन् । आठैजना एमाले उम्मेदवार विजयी भएका हुन् ।

महिला सदस्यमा धनकुमारी पोखरेल, निर्मला पौडेल, भीमकुमारी पुन, मन्दिरा परियार र हरिमाया विश्वकर्मा विजयी भए । उनीहरू सबैले ८६ मत पाए ।

दलित तथा अल्पसंख्यकमा निर्मल दियाली, गोविन्द तुलाचन र दीपक घिमिरे विजयी भएका हुन् । दियालीले सर्वाधिक ८७ मत पाए । उनले एक मत गठबन्धनको खोसेका हुन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend