आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सरकारले निष्पक्षता कायम गर्न सकेनः महन्थ ठाकुर

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सरकारले निष्पक्षता कायम गर्न सकेनः महन्थ ठाकुर

 

 

काठमाडौं १७ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सरकारले निष्पक्षता कायम गर्न नसकेको बताएका छन् ।

अध्यक्ष ठाकुरले मंगलवार एक विज्ञप्ति गर्दै यस्तो बताएका हुन । उनले विज्ञप्तिमा भनेका छन्, ‘भविष्यको निर्वाचनको समयमा हुनसक्ने अलोकतान्त्रिक गतिविधि, धाँधली र शक्तिको दुरुपयोग विरुद्ध आम मतदाता, लोसपा पार्टी पक्ति, विशेष गरी निर्वाचन आयोग र सुरक्षा निकायहरुको थप सचेत र सजग रहन पार्टी सम्बद्ध सबैसँग आग्रह गर्दछ ।’
उनले सम्पन्न स्थानीय तहको निर्वाचनमा सरकारले निष्पक्षता कायम गर्न नसकेको ठहर गर्दै विभिन्न स्थानहरुमा सत्ता गठबन्धनका घटक दलहरुले धाँधली र राज्य शक्तिको दुरुपयोग गरेको दावी गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend