काठमाडौँ १७ जेष्ठ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको बजेट नेकपा एमालेलाई मन परेको छैन ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटको भण्डाफोर गर्न सांसदहरुलाई निर्देशन दिएका छन् ।
सोमबार बसेको संसदीय दलको बैठकमा अध्यक्षले त्यस्तो खालको निर्देशन दिएका हुन् ।
सरकारले २५ वर्षको पूरा नहुने योजना ल्याएको र यसले बजेटको जवाफदेहीतामा पनि प्रश्न उठ्ने गरि सरकारले बजेट ल्याएको एमालेको ठहर रहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend