सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

लोसपाले महानगर र उपमहानगरमा आजै उमेदवारको टुंगो लगाउने तयारीमा

लोसपाले महानगर र उपमहानगरमा आजै उमेदवारको टुंगो लगाउने तयारीमा

 

काठमाडौं ९ वैशाख । लोकतान्त्रिक समाजवादी पार्टीले स्थानीय तह निर्वाचनका लागि शुक्रबार उमेदवारको टुंगो लगाउने तयारी गरेको छ । लोसपाका एक नेताका अनुसार पार्टीको विगत केही दिनदेखि जारी शिर्ष नेताहरुको अनौपचारिक बैठकले ६ महानगर र ११ उपमहानगरको उमेदवारको टुंगो आज (शुक्रबार) लगाउने प्रयास गरिरहेको छ ।

“विरगञ्जमा जिल्ला स्तरबाट एमालेसँग तालमेल गर्ने निर्णय भएपछि हामीले उपप्रमुख र वडाहरु पाएका छौँ । जनकपुरमा हामी एक्लै चुनाव लड्छौँ,” उनले भने, “६ महानगर र ११ उपमहानगरमा हामी आजै उमेदवारको फाइनल गर्ने गृहकार्यमा छौँ ।”

“हामी संगठीत भएको सबै जिल्लामा चुनाव लड्छौँ । लगभग ५० जिल्लामा चुनाव लड्छौँ भन्ने हाम्रो तयारी हो,” उनले भने ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend