सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

जसले आज नै शंका गर्दछ भने उसले भोली उपलब्धी गर्दैन

जसले आज नै शंका गर्दछ भने उसले भोली उपलब्धी गर्दैन

बिष्णु प्रसाद शर्मा,

 

जब कुनै पनि मानिसले सार्वजनिक पदको अभिभारा बहन गर्छ भने उसले आफूलाई सार्वजनिक बस्तुको रुपमा हेर्नु पर्छ । थोमस जेफर्सन युद्धमा हजारौं ब्यक्तिसंग बिजय हासिल गर्नु भन्दा मनलाई बिजय गर्ने ब्यक्ति योद्धा हो ।- धम्यपद
पहिलो बिश्वयुद्ध किन भयो र त्यो युद्धले के के पाठ कस कसले पाए भन्ने बिषयमा धेरै चर्चा परिचर्चा भइसकेकै छन् । १९५० मा शक्ति राष्ट्र अमेरिकाले जापानमा परमाणु बम प्रहार गर्यो । त्यो बमको असर २०२२ सम्म धेरथोर कता कता असर पारिराखेको जापान अमेरिका बिरुद्धमा बोल्न चाहदैन । बोलेर फाइदा छैन । जापानलाई राम्रो ज्ञान थियो की बोलेर समय खेर फालेर इगो बढाउनु भन्दा गरेर आफ्नो देश बनाउनु नै उपयुक्त हो ।
नेपालको राजनीतिक क्षेत्र ०४६ को परिवर्तन देखि भैंसिको दूध आगोको रापले उम्लिए झै उम्लिएर भूइतिर छताछुल्ल भइरहेको छ । घर भित्र अनावश्यक किचलो बढ्यो भने छिमेकिले आँखी झयालबाटै उसको चाहना पुरा गर्दछ । जसले आज नै शंका गर्दछ भने उसले भोली उपलब्धी गर्दैन । एउटा जनजातीको छोराले देश र परिस्थितिलाई बुझेर भन्यो, एक पैसा घुस खानु भनेको आमाको रगत खानु सरह हो । नेता त चोर हुन भनेर गाउँघरमा भन्छन् । राजेन्द्र लिङदेन साँच्चिकै देश भक्त र कुनै बिदेशीवाट परिचालित छैनन् भने सारा नेपालीले सबैलाई छोडेर उनलाई शिखरमा पुयाउँनै पर्दछ । आज सम्म कोही कसैले उनको जस्तो देशको मायाँ बोकेका छैनन् र सबै बिदेशीकै हलि बनेको प्रमाण जनता स्वयंम नै छन । अदालतले प्रमाण, साक्षी बुझेता पनि जनतालाई न्याय दिन छोडेको छ । इमान, जमान खहरेमा बगि सकेको छ । देश र जनता भन्दा रुपैयाँ र बिदेशी प्यारो बनेको छ ।
रुसले युक्रेनमा हमला बोल्यो । उनीहरुको आन्तरिक रहस्य के छ त्यो उनीहरु नै जानुन यो संग नेपालीलाई कुनै चासो थिएन तर त्यसको असर भने प्रत्यक्ष नेपाली जनताले भोगीरहनु परेको छ । नेपाली गोर्खाजहरुले ब्रिटिसको पक्षमा धेरै रगत बगाएका छन । तर नेपाली भूमि प्रति पश्चिमाहरुको आँखा सल्वलाई राखेको छ । नेपाली भएर जन्मिएका नेपालको भूमिमा बसेर प्रजातन्त्रको नामले धनाद्य बन्न पुगेका दलहरुमा संलग्न बिदेशी हलिहरुले हरियो डलर शिवाय अरु केही देखेनन् । सार्वजनिक पदको अभिभारा नाराले लिएता पनि सार्वजनिक देशभकत कोही बनेन् यो नेपालका लागी घात हो । आफूलाई जन्म दिने आमा, दुई पाउँ टेक्न दिने धर्ती माताको रक्षा गर्न नसक्ने अपराधीले शासन सत्ता कब्जा गरेर बस्नु अपराध हो । अपराधीहरुलाई मत दिएर सत्ता जिम्मा लगाउनु महा पाप हो ।
सोभियत संघ र अमेरिका बीच सम्बन्ध चिसिनु, सन् १९५१, १९६३, १९७१ र १९९७ का घटनाक्रमले पनि बिश्वलाई सत्रुहरुवाट सजग रहनु पर्दछ भनेर शिक्षा दिएकै छन् । कुनै जिम्मेवार राष्ट्रले त्रुटिपूर्ण कार्य गर्नु हुदैन । सन् १९७१ को फेब्रु अरी २० को ४० मिनेट भन्दा बढी समयले शक्ति हुनेले जे गर्दा पनि निरिहताले मुन्टो लुकाउनै पर्ने हो त ? भनेर अमेरिकी जनताले समेत सोच्न बाध्य भएकै थिए । नेपालको यति ठूलो शक्ति नहोला तर पनि नेपाल र नेपाली जनता भने कुनै दासतालाई स्वीकार गर्दैनन् । तसर्थ जसले आज नै शंका गर्दछ भने उसले भोली उपलब्धी गर्दैनन् । यो एमसीसी प्रकरणले प्रमाणित गर्ने छ । शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक हुनुहुन्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend