आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

वीरगन्जमा एमाले र लोसपाबीच चुनावी तालमेल

वीरगन्जमा एमाले र लोसपाबीच चुनावी तालमेल

 

फाइल फोटो

वीरगन्ज ८ बैशाख । वीरगन्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धनको सहमति जुटेको छ ।

३० वैशाखमा हुने चुनावमा वीरगन्जको मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने भएका छन् भने उपमेयरमा लोसपाका पुरूषोत्तमलाल झा उम्मेदवार हुनेछन् । सरावगी वर्तमान मेयर हुन् । उनी हालै मात्र एमालेमा प्रवेश गरेका थिए । एमाले केन्द्रीय सदस्य अरबिन्द सिंहले यसको पुष्टि गरे । वडा अध्यक्ष र सदस्यको हकमा टुंग्याउन बाँकी छ ।

सत्ता गठबन्धनबाट वीरगन्ज मेयरमा जनता समाजवादी र उपमेयरमा कांग्रेसको उम्मेदवारी रहने सहमति भइसकेको छ । खबरहबबाट साभार

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend