आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

गठबन्धनमा भागबण्डा मिले पछि भयो यस्तो सहमति

गठबन्धनमा भागबण्डा मिले पछि भयो यस्तो सहमति

 

फाइल फोटो

काठमाडौं पाँच दलीय गठबन्धनमा ६ महानगर र ११ उपमहानगरपालिकाको भागबण्डाको सहमति भएको छ। लामो रस्साकस्सीपछि गठबन्धनले महानगर र उपमहानगरको भागबण्डा टुंगाएको हो।

सहमति पत्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाको तर्फबाट उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेकी छन्।

सहमति अनुसार कांग्रेसले ३ महानगर र ७ उपमहानगरपालिकाको नेतृत्व पाएको छ।

कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरको नेतृत्व​ पाएको छ। भने, धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगको मेयर पाएको छ।

नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकासहित जितपुर सिमरा र घोराही उपमहानगरपालिका, नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिका र जनता समाजवादी पार्टी ९जसपा०ले वीरगञ्ज महानगरपालिका र जनकपुर उपमहानगरपालिकाको नेतृत्व पाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend